काठमाडौं — ‘प्रत्यक्ष दोहोरी कलाकार संघ’को अध्यक्षमा रविन लामिछाने चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको पहिलो अधिवेशनले लामिछानेलाई एक कार्यकालका लागि अध्यक्ष चयन गरेको हो ।
सो समारोहबाट संस्थाको वरिष्ठ उपाध्यक्षमा बबिता बानियाँ ‘जेरी’, प्रथम उपाध्यक्षमा बालचन्द्र बराल, उपाध्यक्षमा श्याम राना, चिज गुरुङ, सुमन परियार, उपाध्यक्ष (महिला) मा मीना बुढाथोकी चयन भएकी छन् ।
अधिवेशनले ४७ सदस्यीय कार्यसमिति तयार गरेको छ । जसको महासचिवमा प्रकाश पराजुली, उपमहासचिवमा रेशम निर्दाेष, सचिवमा वसन्त विक, महिला सचिवमा टीका सानु, कोषाध्यक्षमा मानसिंह खड्का र सह कोषाध्यक्षमा सुमन थापा रहेका छन् ।
त्यस्तै, सदस्यमा भीम पौडेल, सविन आचार्य, प्रितम पोखरेल, बालकुमार श्रेष्ठ, शोभा कार्की, शंकर क्षेत्री, अस्मिता डल्लाकोटी, रीता राउत, तारा थापा, सुष्मा ठकुरी, जीवन सिग्देल, अमृता लामिछाने, रत्न श्रेष्ठ, टेकराज भण्डारी, निशान्त विक, जीवन कँडेल, सुमन खड्का, विवेक धिताल, डिलबहादुर तिरुवा, हेमन्त खत्री, पवित्रा सर्तुङ्गीमगर, राम परियार, गणेश कँडेल, प्रसन्न पाठक, दिलीप विक, प्रकाश रसाइली, प्रकाश परियार, लक्ष्मण पौडेल, वीरसिंह सुनार, शर्मिला बीसी, कामना ओली, धिरज कोइराला, सविन कोके गुरुङ, अमृत सापकोटा चयन भएका छन् ।