धरान – चर्चित र्यापर भिटेनको भिटेन म्युजिक नाम रहेको युट्युब च्यानल ह्याकरबाट फिर्ता पाउन सफल भएको छ । पाकिस्तानी ह्याकरबाट ह्याक गरिएको भिटेनको युट्युब च्यानल पाँच दिनपछि ह्याकरबाट फिर्ता पाउन सफल भएको हो ।
१.६३ मिलिनियम सब्स्क्राइबर रहेको च्यानलमा चार दिन अघि पाकिस्तानी ह्याकरबाट ह्याक गरिएको थियो । डिजिटल प्रोमोसनका स्पेशेलिस्ट राजु दंगालले पाँच दिनको प्रयास बाट र्यापर भिटेनको युट्युब च्यानल गूगल मार्फत फिर्ता गराउन सफल भएका हुन् ।
आफ्नो च्यानल तथा पेजहरु ह्याकरबाट बचाउन पासवर्ड कसैको पहुँच बाहिर र विभिन्न नचिनेका मेलहरु खोल्नबाट बच्नुपर्ने दंगालले बताएका छन् । यसअघि बुढासुब्बा म्यजिक, बिपना थापा , केन्द्र मोसनलगायत थुप्रै कम्पनी तथा सेलिब्रेटीको युट्युब ह्याक भएर फिर्ता आएको छ भने धेरैले गुमाउनु पनि परेको देखिन्छ ।