आज फेबु्रअरी १४ अर्थात् माया साटासाट गर्ने दिन । आज मौसम पनि खुलेको छ , भ्यालेन्टाइन डेका नामले चिनिने आजको दिनमा पर्यटकीय स्थलहरुमा जोडीको भीड लागेको देख्ने गरिन्छ । प्रणय दिवसको सम्झनामा पदम श्रेष्ठज्यूले लेख्नुभएको लेख –
चौथो प्रेम अनि सन्तान
दुई जीउकी उनी, प्रेमीले उपहार स्वरुप दिएको शिशुको पोस्टर, चिठीपत्र । आफूसँगका सबै लुगा र केही बाटो खर्च लिएर बस चढिन् । धेरै टाढा अनि गहिरो ठूलो नदीमा हाम्फाली आफूलाई समाप्त पार्ने सुरमा । उनी त्यो गन्तव्य पुगिन् ,अनि पुलमाथिबाटै नदीको गहिराइ नियालिन् ।अनन्तसम्म फैलिएको नदीको दूरीमाथि दृष्टि फैलाइन् । आफ्नो मृत्युका लागि त्यो नदी पनि सानो लाग्न थाल्यो ।तर किन हो किन, पेटभित्र हुर्कदै गरेको शिशुप्रति आत्मैदेखि अगाध माया जागेर आयो र आफ्नो इहलीला नदीमा समाप्त गर्ने विचार बदलेर टक्क अडिइन् । नदिको बगरैबगर, ढुंगाको चेपमा बसी उनी डाँको छाडेर रोइन्, धेरै रोइन् । भूलका दस्तावेज सबै नदीमा बगाईन् र पेटमा हुर्कंदै गरेका शिशुका साथमा आफूलाई जीवन्तराख्ने सुर कसिन । तर आत्महत्या बाहेक विकल्प केही थिएन, उनले सोचिन् । कुरो एसएलसीपछिबाट शुरु हुन्छ ।
गाउँकै ठालुद्वारा काम र क्याम्पस मिलाइदिने आश्वासनमा शहर पु¥याइएकी थिइन् उनी । ठालुले उनीबाट के स्वार्थ पूरा ग¥यो, कुरो अज्ञात छ तर गाउँको खुला आकाशमा चराझैं उडी हिँड्ने उनी ढिँडोफाँडो भएनि पेटभर खाई स्वच्छ हावापानी पिएर हुर्किएकी थिइन् । शहरको अभाव, प्रदूषण एउटै कोठामा सीमित जेलजस्तै लाग्थ्यो,त्यो वातावरण । यस्तैमा एक दिन भ्यालेन्टाइन कार्ड लिएर जीवनमा सूर्यकिरण रुपी युवकको उपस्थित हुन्छ । त्यो युवकले अँध्यारो जीवनमा अलौकिक आशाका जाल फिँजाई उनको अस्मितामाथि खेलवाड ग¥यो । जवानीमा पौडियो । एक दिन लागू पदार्थको कारोबारको अभियोगमा पश्चिमा भ्यालेन्टाइन संस्कृति अर्थात् पश्चिमतर्फ साँझपख सूर्य अस्ताएझैं अस्तायो । उनी छट्पटाइन्, रोइन, बिस्तारै दुब्लाउँदै गइन् । उनलाई सहानुभूति दिने कोही भएनन् । सूर्य किरणविहीन गुफजस्तै । यसै बीच अर्को भ्यालेन्टाइनमा उनको जीवनमा खट्किएको अभाव पूरा गरिदिन्छु भन्दै धन भएको तर मन नभएको अर्को युवक देखा प¥यो ।
‘जीवन ओइलाएको फूल हैन, संघर्षको विशाल मैदान हो ,प्रेम कुनै खेलौना होइन, दुई आत्माको मिलन हो ’ भनी लेखिएको भ्यालेन्टाइन कार्ड दिएरै उनले जीवनमा प्रवेश गरे, त्यो धनी युवक ।तर किन हो कुन्नी, धनका धनीलेपनि उनलाई खेलौना बाहेक बनाएन । घर–व्यवहारको हावाला दिँदै ऊपनि उनीबाट टाढिए । भनिन्छ–‘गरिबलाई दिन्छु ,प्रेममा धोका पाएकालाई लान्छु,, नभन्नू ।’ तर यसबीच खुद्रा पुरुष थुप्रै आए । आशा देखाए । कतिपयले भ्यालेन्टाइन मनाए र स्वार्थ पूरा भएपछि अलपत्र छाडेर आफ्नो बाटो लागे । यही क्रममा देवलोकबाट मेनका परी अनि सारिकाको नृत्य हेर्न इन्द्र देखापरे उनको जीवनमा ।
लेनदेन कारोबारको बेहिसाब इन्द्रसँग सारिका रत्तिइन्, त्यसैले भ्यालेन्टाइन कार्डमै उल्ल्ेख थियो– तिमी र मसँगै जिस्किएर सुत्दा स्वर्गीय आनन्द भएको । यसै बीच इन्द्रबाट सारिका धेरैपल्ट चाखिइन्,मुुसारिइन् अनि थिलथिलो शरीर,त्यसै छाडी इन्द्र स्वर्गतिर लागे । यहाँ सूर्य किरण अस्ताउनु, धनको पोको हराउनु, इन्द्र स्वर्गतिरै लाग्नु ठूलो कुरा भएन । स्वर्गकी परीले अप्सराको नृत्य देखाएपछि नहेर्ने,को हुन्छ र ? यहाँ सारिकाको सारै नबुझी भ्यालेन्टाइन मनाउने पुरुषप्रति क्षमाभाव दर्शाउनु अनौठो हो ।
भनिन्छ –पुरुषद्वारा त्यागिएकीलाई पुनः पुनः अर्को पुरुष खेलाउनु, नयाँ विवाहित वा अविवाहित पुरुषसँग भ्यालेन्टाइन मनाउँनु सामान्य मानिन्छ । सम्भवतः प्रत्येक भ्यालेन्टाइनमा उनी आफूलाई पहिलो र अविवाहित भन्न खप्पिस थिइन् भने पुरुषबाट प्राप्त आर्थिक, भौतिक उपहार थ्याङ्क्स भन्दै स्वीकार्ने मामलामा पनि । तर उनी भित्रैदेखि खुसी थिइनन् । उनीभित्र प्रेमभाव,सहयोग हराउँदै थियो । बोलीमा कडापन,गुणको बदला नगदमा लेख्ने बानी ।
जुन पुरुषले ग्रिन सिग्नल दिए पनि भ्यालेन्टाइन स्वीकार्ने संस्कारकै बीच हिलोमा कलम फुलेझैं उनका प्रत्येक अवगुणलाई थाँती राखी नयाँ जीवन शुरुआत गर्ने प्रस्तावसहित उदायो अर्को पुरुष । विनाआदर्शको भ्यालेन्टाइनले उनलाई दुई जीउकी बनाइसकेकी थिईन । आगामी दिन कसरी अगाडि बढाउने भन्ने बारे जब–जब चौथो पुरुष उनीसामु उभिन्थ्यो,व्यावहारिक कुरा गर्न उनी कहिल्यै तयार हुँदैन थिईन् । उनीमा देखिएको अव्यावहारिक बोलीचाली, हाँसोठटटा आदिका बारे चौथो पुरुषले जब शंकास्पद अनुगमन थाल्यो । उनले विगतमा मनाएका सबै भ्यालेन्टाइन प्रमाणसहित खुलस्त हुन पुगिन् ।
प्रतिवादमा उनीभित्रको कोख खाली गर्न दबाब दिन थाल्यो चौठो पुरुषले । त्यो दिन उनी कोख भरिएकी आमाका रुपमा उभिएकी थिइन् तर समाजले माग्ने नयाँ युगको परिचय दिन नसक्ने भएपछि उनी बालकको पोस्टर, भ्यालेन्टाइन चिठीपत्र, लुगाफाटा र दुई जीउकी आफूलाई विशाल नदीको गर्भमा सेलाउन पुगेकी थिइन् । तर गर्भले त्यो गर्न दिएन रपनि कन्याराशीलाई मनभित्रै देखि क्षमा दिने भावना पलाउन सकेन जसको कारणले उनले उनको नाउँमा कविता कोर्दै मन हलुका बनाए ।
तँ महिला स्त्रि त होस् तर.......
तँ लिङिगय रुपमा स्त्री त होस्, तर तँमा कुनै चेतना छैन ।
पन्छी झै आकाशमा उड्ने, तँमा कुनै ईच्छा आकांक्षा छैन ।।
विष नभएकी सर्प झैँ, नारी भएर पनि तेरो कुनै अस्तित्व छैन।
महिला स्वरुपमा जन्मेपछि तँ पूर्ण महिला हुँदै होईन ।
उपहासका पात्र मात्र तँ, एउटी जिउँदो लास होस।।
तेरो अस्तित्वमाथि खेल्दा पनि आवाज ननिकाल्ने, तँ पथ्थर होस् ।
आफ्नो अधिकार खोस्न नसक्ने तर अरुको इशारामा नाच्ने,तँ कठपुतली होस् ।।
तँ सुँगन्ध बिनाको फुल होस्, तँमा कुनै रस छैन ,तैंले जीवनमा केही गर्ने कुनै आश छैन ।
तँ पलाँसको फूल होस्,म बालुवाबाट तेल निकाल्ने,मूख्याँई गरिरहेको छु ।।
कुमारीत्व प्रेम, धन, शीप, संस्कार गुमाएकी तेरो यौन वैश्यतामा भास्सिरहेको छुँ ।
न तँ रुपकी रानी होस्,न सहयोगी भावनाको प्राणी,न तँ धनकी धनी छेस्,न मनकारी भावको रानी नै ।।
कुन गुणलाई हेरेर भ्यालइनटाईन भनुं म,कुन सोचले म होली मनाउँ ?
मैंले तँलाई मायाँ होइन दयाँ गरेँ । प्रेम र प्रयोग, मायाँ र दयाँको भड्खालोमा कतिन्जेल रुमल्लिरहने त्यो यक्ष प्रश्न तँलाई नै छोडें ।।