काठमाडौं –प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल हुने बताएका छन् । बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुनेमा विश्वस्त रहेको मंगलबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बताएका हुन् ।
मंगलबार उनले आफूले समामुख अग्निप्रसाद सापकोटासँग यस विषयमा परामर्श गरेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा बताएका छन् । एमसीसी सम्झौता टेबुल हुनेमा विश्वस्त रहेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिएका छन् ।
‘मैले सभामुखसँग यस विषयमा परामर्श गरेको छु र म भोलि टेबुल हुन्छ भन्ने कुरामा विश्वस्त छु भनेर सभापतिज्यूले भन्नुभएको छ’ उनले भने । प्रधानमन्त्री देउवाले संसदमा टेबुल भइसकेपछि सबै राजनीतिक दलले यो सम्झौताको पक्षमा अनुमोदन गर्ने बताएका छन् ।