काठमाडौं –एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको खैरेनी, योगिकुटि, मणिग्राम, जितपुर र मुर्गियामा नयाँ शाखा उद्घाटन गरी सञ्चालन गरको छ । बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङसेवा र सुविधाहरु उपलब्ध गराउनका लागि लुम्बिनीको खैरेनी, योगिकुटि र मणिग्राममा फागुन १ गते र जितपुर, मुर्गियामा फागुन २ गते नयाँ शाखाहरु उद्घाटन गरी सञ्चालन गरको हो ।
उक्त शाखाहरुको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सम्बन्धित वडाका वडाध्यक्षबाट संयुक्त रुपमा भएको छ । उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक श्री। अनिलकुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
यसै उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले लुम्बिनी प्रदेशका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेको बैंकको विश्वास छ । बैंकका अनुसार देशैभरि छरिएर रहेको आफ्नो ११० शाखा संजाल, प्रादेशिक कार्यालय , १४३ ब्त्ः सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र क्ःक् बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको बैंकले जनाएको छ ।