काठमाडौं -नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वैशाख ३० गते हुने निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै काँग्रेसले स्थानीय तहको निर्वाचन अभियानमा ‘घर–घर जाऊ काँग्रेस जिताउ’ नारा तय गर्दैअभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।
काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीको निर्वाचन घोषणापत्र सभापतिले परामर्श गरी सार्वजनिक गर्ने बताएका छन् । काँग्रेसले स्थानीय तहको निर्वाचन अभियानमा ‘घर–घर जाऊ काँग्रेस जिताउ’ नारा तय गरेको उनले बताए । उनले फागुन २० गते देखि चैत ३० गतेसम्म निर्वाचन अभियान चलाइने बताए ।