काठमाडौं -सत्तारुढ दल नेपाली कम्युनिष्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।
बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएकोमा सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।
सरकारले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने तयार गरेपछि माओवादीको छलफलले कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा केन्द्रीत हुने बुझिएको छ ।