काठमाडौं – महालक्ष्मी विकास बैंकले ५१ रुपैंयाँमा नै खाता खोल्न मिल्ने योजना सार्वजनिक गरेको छ । बैंकले नेपाली नागरिकलाई लक्षित गरी ५१ रुपैंयाँमा नै खाता खोली ८.५५ प्रतिशत व्याज पाईने महालक्ष्मी बचत बृद्घी खाता सार्वजनिक गरेको हो ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा मात्र रु. ५१ मै खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत बृद्घी खाता’मा दैनिक मौज्दातमा ८.५५प्रतिशत व्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।
आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहि आएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी बचत बृद्घी खाता संचालनमा ल्याएको हो ।विगत २७ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आईरहेको बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तगर्त खाता खोलिएका ग्राहकहरुको पाँच लाखको दुर्घटना मृत्यु बीमा गरिएको छ । यस आकर्षक बचत योजनाअन्तर्गत खाता खोल्नु भएका ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाईल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०% छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाताजस्ता आकर्षक सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।
बैंकका अनुसार प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card / Dollar card जारी गरीसकेको बैंकले जनाएको छ । समग्रमा chip based travel Card, eCommerce card / Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र बैंक रहेको महालक्ष्मी विकास बैंकको दाबी छ ।