काठमाडौं -पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६२, भक्तपुरमा १२ र ललितपुरमा २५ जना गरी उपत्यकामा संक्रमित थपिएका हुन्।
बुधबार १ हजार छ सय जनामा कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर छ सय ३९ जना संक्रमित थपिएका छन् भने तीन जनाले ज्यान गुमाएको छ ।
हाल देशभर १८ हजार २५१ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ६ हजार ७८२ पिसीआर तथा २ हजार ९७४ एन्टिजेन परीक्षण भएको छ।