काठमाडौं –संस्थापक शेयरहरुको खरिद बिक्री व्यवस्थापन सेवा सुचारु भएको छ । सि.बि.आई.एल क्यापिटल लिमिटेडले विभिन्न संस्थाका संस्थापक शेयरहरुको खरिद बिक्रीे व्यवस्थापन सेवा सुचारु गरेको हो ।
यस सेवामा संस्थापक शेयरधनीको शेयरहरुको उचित मूल्याङ्कन, खरिद बिक्रीकर्ताहरुको खोजी गरी कारोबार गर्न सकिने लिमिटेडले जनाइएको छ । कम्पनीका अनुसार शेयरहरुको लिलाम बढाबढ व्यवस्थापन र किनबेच भएका शेयरहरुको ब्रोकरमार्फत कारोबार गर्न यस सेवाहरुमा दिइनेछ ।
यस सेवाका लागि इच्छुक संस्थापक शेयरधनीहरुले सि.बि.आई.एल. क्यापिटल लिमिटेड, डिल्लाबजार, काठमाडौंमा सम्पर्क गर्न सकिने जनाएको छ । थप जानकारीका लागि फोन नं. ०१–४५१७७२३, ४५१७४५७ एक्सटेन्सन ः २१६ वा इमेल ठेगाना
[email protected] मा सम्पर्क राखी सेवा लिन सकिने उल्लेख छ ।