काठमाडौं –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आर्थिक अनियमितताको आरोपमा उजुरी परेको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले एमाले अध्यक्ष ओली, योगेश भट्टराई र पद्मा आर्यालविरुद्ध अख्यिार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक अनियमियतताको उजुरी दिएको हो ।
भ्रमण वर्षको नाममा तत्कालीन पर्यटनमन्त्री भट्टराईले आर्थिक अनियमितता गरेको अनेरास्ववियुको दाबी छ ।
बिहीबार अनेरास्ववियुको तर्फबाट बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा आयोगमा दिएको उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री ओलीले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको दाबी गरिएको छ ।