काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा थप पाँच सय ७० जनामा कोरोना संक्रमण कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समयमा पाँच सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नौ हजार सात सय ८९ को परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या नौ लाख ७४ हजार आठ सय ५७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको संख्या एक लाख ३८ हजार २५० रहेको छ । पछिल्लो समय थप एक हजार ९९३ निको भएका छन् । निको हुनेको संख्या नौ लाख ४६ हजार ३३० पुगेको छ ।
निको हुने दर ९६ दशमलव ९ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९११ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ ।
त्यसैगरी पछिल्लो समय एक लाख ६४ हजार ४७५ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रमितको संख्या १६ हजार छ सय १६ रहेको जनाइएको छ । अहिले होम आइसोलेसनमा १५ हजार ९७४ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ६६९ आइसीयुमा १५१ र भेन्टिलेटरमा २६ जनाले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।