काठमाडौं । अमेरिकामा बसेर पनि नेपाली कला, साहित्य र संगीतको प्रर्वद्धनमा लागि परिरहेकी साहित्यकार किरण पल्पसाको निर्माणमा लौन के गरौँ बोलको गीतको भिडियो रिलिज भएको छ ।
साहित्यकार पल्पसा र वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको लौन के गरौँ बोलको गीतको भिडियो रिलिज भएको हो ।
यस गीतमा पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको स्वर रहेको छ भने गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ ।
भिडियोमा हल्का रमाइलोकी चर्चित कलाकार इस्टु कार्की ’नेप्टी’सँग ह्याण्डसम मोडल प्रबिन डिसीको रोमान्स देख्न सकिन्छ ।
भिडियोमा एक प्रेमील जोडीको प्रेम कहानी र दिन उमेरमा आँखा हेराहेरैमा हुने प्रेमलाई कलात्मक शैलीमा निर्देशक जस बहादुर याक्खाले देखाएका छन् ।
दीपक गिरीको कोरियोग्राफी रहेको भिडियोमा नृत्य निर्देशन सञ्जु चौधरीको रहेको छ । भिडियो निकै नै स्तरिय बनेका कारण दर्शकहरुले रुचाउने कुरामा विश्वस्त रहेको संगीतकार श्रेष्ठले बताए ।