काठमाडौं - प्रतिनिधि सभामा एमसीसी पेस गर्ने कार्यसूची तय भएको छ । सूचीको तेस्रो नम्बरमा रहेको नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
बैठकमा मन्त्री शर्मा अनुपस्थित हुने भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्दैछन् ।यसबाहेक लोक सेवा विधेयक २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गरिने भएको छ ।
राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूची रहेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८ १३:५८