काठमाडौं –फागुन १२ गते सम्मलाई प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबल गरेपछि चार दिनका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।
एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
एमसीसी सम्झौता संसदमा पेश हुँदा नेकपा माओवादी र नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए ।