काठमाडौं – सिद्धार्थ बैंकका ग्राहकहरुलाई कलाक्र्स रिर्सोटको विभिन्न सेवामा २० % छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सिद्धार्थ बैंक लिमिटेड र वीरगञ्जको गण्डक स्थित कलाक्र्स रिर्सोटबीच सम्झौता भई होटल सेवाको भुक्तानीमा२० प्रतिशत सम्मको छुट हुने भएको हो ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगञ्ज शाखाका शाखा प्रबन्धक बाबुराम न्यौपाने र कलाक्र्स रिर्सोटका तर्फबाट महाप्रबन्धक राजेश रन्जनले हस्ताक्षर गरेका हुन् ।
सो सम्झौताअनुसार बैंकका ग्राहकहरुले कलाक्र्स रिर्सोटमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ वा इन्टरनेट बैैंकिङ प्रयोग गरेबापत होटल बसाई सेवाको भुक्तानी गर्दा २०५ सम्मको छुट हुने बताइएको छ ।
साथै रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १५५ सम्मको छुट प्राप्त गर्न सकिने जनाइएको छ । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकका अनुसार डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।