काठमाडौं– पछिल्लो २४ घण्टामा दुई सय ६२ जनामा नयाँ कोरोनाको संक्रमण थपिएका छन् । १८१५ जनामा गरिएको नमूना परीक्षणमा २६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा एक हजार ३३८ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् ।
यस्तै कोरोनाको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । अहिले देशभर बाह्र हजार २४४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।