विराटनगर – एनएमबिका ग्राहकहरुलाई विराटनगरको अस्पतालका सेवामा विशेष छुट पाउने भएका छन् ।एनएमबि बैंकले विराटनगरको वार्ड नं. ४ स्थित हाम्रो अस्पतालमा उपचारको गर्न आउने व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारीमा सेवामा विशेष छुट पाउने भएका हुन् ।
उक्त समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा विशेष छुट तथा सहुलियत दिने जानकारी दिएको छ ।उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा छुट उपलब्ध गराउने जनाएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रदेश १का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरेका हुन् । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ ।
छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ । हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकको दाबी छ ।