काठमाडौं– विपक्षी दल नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गर्ने भएको छ ।
विभागीय प्रमुखहरुको बैठकले महासचिव शंकर पोखरेलको उपस्थितिमा तत्काललाई नौ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको हो ।
१० दिनभित्र नै विभागहरु गठन गरिसक्ने एमालेको दाबी छ । पार्वत गुरुङले भने ‘तत्काललाई ९ सदस्यीय विभाग गठन हुनेछ । पछि ३५ सदस्यीय बनाउने निर्णय भएको छ’ ।
१०औं राष्ट्रिय महाधिवेशन पछि केन्द्रीय नेताहरुलाई प्रमुख तोकेपनि विभाग गठन हुन सकेको छैन । एमालेले ३३ केन्द्रीय विभागमा सचिव समेत चयन गर्नेछ ।