काठमाडौं –राप्रपामा केन्द्रीय सदस्य रहेका राजाराम बर्तौलाले राजीनामा दिएका छन् ।
पार्टीभित्र सैद्धान्तिक विचलन भएको भन्दै राजाराम बर्तौलाले एक पत्र लेखि राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि थापा उपप्रधानमन्त्री रहँदासमेत स्वकीर्य सचिव रहेका बर्तौलाले पनि राप्रपा छाडेका हुन् ।
महाधिवेशनपश्चात् बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रममा भएको निर्मल निवासको हस्तक्षेप बारे छानबिन नगरेको, पार्टीभित्र सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै उनले पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको बताएका छन् ।