दाङ– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बैंकिङ सुविधा दिन दाङको गढवमाा १०९ औं शाखा कार्यालय संचालन गरेको छ । सोमबार ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै गढवा गाउँपालिका वडा नं. ६, दाङ्गमा नयाँ शाखा खोली संचालनमा ल्याएको हो ।
सो शाखा संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । उक्त शाखाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहज राम अहिरले गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बनेकोमा विश्वस्त रहेको छ ।
बैंकले हरेक सम्भावित क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएकोसमेत यसै विज्ञप्तिमार्फत जानकारी गराएको छ ।