काठमाडौं –लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा कमलविनायकमा नयाँ शाखा विस्तार गरेको छ । भक्तपुर जिल्लाको सोही नगरपालिकाको वडा न. १० को कमलविनायकमा ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न नयाँ शाखा खोली १४२औँैँ शाखा संचालनमा ल्याएकोे हो ।
यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।नयाँ शाखाको शुरुवातसँगै शाखा संजाल ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको बैंकको दाबी छ ।
साथै लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ ।
ग्राहकहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाईल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहकका अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास बैंकले लिएको छ ।