काठमाडौं -शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल बराबरीमा राेकिएकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरीमा राेकिएको हो ।
खेलमा पहिलो अग्रता भने पुलिसले लिएकाे थियाे । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा एपिएफका प्रदीप लामाले एक गोल फर्काउँदै खेललाई एक- एक गोलको बराबरीमा ल्याएका हुन् । खेलको दोस्रो हाफमा भने गोल हुन सकेन ।
यस बराबरी खेलसँगै पुलिसले १२ खेलबाट १२ अकंले जोडेको छ । समान खेल खेलेको एपिएफको भने १५ अकं भएको छ । लिगमा बाह्रौँ चरणको खेलहरु चलिरहँदा विजेता र रेलिगेशनमा पर्ने टोलीहरूको भने टुङ्गो लागिसकेको छ ।
लिगको उपाधि मच्छिन्द्र क्लबले जितिसकेको छ भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परिसकेका छन् ।