[caption id="attachment_21012" align="alignleft" width="53"]
बालाराम घर्ती मगर[/caption]
मुलुकको राष्ट्रिय राजनीति लिकमा छैन । सत्तापक्ष प्रतिपक्षमा फाटो हुनु त स्वाभाविक हो तर आफ्नो स्वार्थका कारण मुलुकलाई बन्धक बनाउन राजनीति गर्न पाइँदैन । विभिन्न बहानामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् चल्न दिएको छैन । प्रधानन्यायाधीशमाथि महाअभियोग संसद्मा दर्ता छ । सबैभन्दा मँल नीति राजनीति हो ।
राजनीतिमा कृषि, गृह समाज, अर्थतन्त्रलगायत सबै पर्छन् । यसले सबैलाई परिचालन गर्छ । राजनीतिमा लाग्नेले संयम भएर यसको परिचालन गर्नुपर्छ, चलाउनुपर्छ । यदि राजनीति चलाउने व्यक्ति सही भएन भने देशमा विकृति विसंगति पैदा हुन पुग्छ । त्यसैले देश बनाउने हो भने पहिला राजनीतिलाई लिकमा चलाउनुपर्छ । राजनीति गर्नेले देश हेर्नुपर्छ, समाज हेर्नुपर्छ, जनता हेर्नुपर्छ ।
तर, अहिले यो सबै कुरा नभएको अवस्था छ । यस्तो राजनीति गरिनुमा प्रणालीकै दोष हो वा राजनीतिक नेतृत्वको दोष हो, यसलाई गम्भीर भएर विश्लेषण गर्ने बेला आएको छ ।राजनीतिमा एउटा सत्तापक्ष अर्काे प्रतिपक्ष हुन्छ । यी दुवैले आ–आफ्नो तौरतरिकाबाट जिम्मेवारी वहन गरेका हुन्छन् ।
देवताको पालामा पनि दानव र देवता थिए । दानव प्रतिपक्ष र देवता सत्तापक्ष थिए । नराम्रो काममा लागेकाले र देवताको प्रतिपक्ष भनिएकाले दानव भनियो, नराम्रो दृष्टिकोणबाट हेरियो । सत्तापक्ष र प्रतिपक्ष त देवताको पालादेखि नै चल्दै आएको हो । दानवहरू देवताको घोर विरोधी हुन्, उनीहरू पनि देवताहरूलाई हराएर सत्ता कब्जा गर्न चाहन्थे, कतिपय समयमा दानवहरूले देवताहरूलाई हराए पनि ।
त्यसैले अहिलेको विश्वमा भइरहेको सत्तापक्ष र प्रतिपक्ष स्वाभाविक हो । तर अहिलेको जनता चेतनशील छन्, उनीहरूमा चेतना आइसकेको छ । वर्तमान आधुनिक युगमा मात्र होइन अनन्त समयसम्म सत्तापक्ष र प्रतिपक्ष रहन्छ । सत्तापक्ष र प्रतिपक्ष भोलि सकिने, पर्सी सकिने होइन ।
यसको शृंखला चलिरहन्छ । चित्त नबुझ्दा विरोध गर्न पाइन्छ तर मुलुकलाई आफ्नो स्वार्थका लागि बन्धक बनाउन पाइँदैन । राष्ट्रिय स्वार्थका लागि सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ । सरकारी पक्षले विपक्षीका कुरा सुन्नुपर्छ । आफँलाई चित्त नबुझेको कुरा प्रतिपक्षले खुलस्त राख्न पाउनुपर्छ, तर त्यसो भन्दैमा प्रतिपक्ष सीमाभन्दा बाहिर जानु कदापि हुँदैन ।
यसै क्रममा सरकारी क्रियाकलापलाई जनताले मँल्यांकन गर्ने बेला आएको छ । हामीले सरकारले राम्रो ग¥यो या गरेन भन्नु भन्दा जनताले नै यस बारेमा बोल्नुपर्छ । यसै मेसोमा सत्तापक्षले राखेको कुरा सही हो, जनप्रतिनिधिको थलो संसद्लाई लामो समयसम्म बन्धक बनाएर राख्न पाइँदैन भनेर सत्ता गठबन्धनले भनेको कुरालाई अन्यथा लिनु हुँदैन ।
प्रतिपक्षले पनि सत्तापक्षले भनेका कुरा सुन्नुपर्छ, मान्नुपर्छ । विश्व इतिहासमा सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढेको देश पनि छन् । हाम्रो देशमा भने सत्तापक्ष र प्रतिपक्ष किन मिल्न सक्दैनन् ? सधैँ विभाजित मात्रै हुने होइन, मुलुकका खास–खास कुरामा सत्तापक्ष र प्रतिपक्ष मिलेर सदनमा प्रस्तुत हुनुपर्छ ।
कोरोना भाइरसको महामारी नेपालमा मात्र होइन, विश्वव्यापी फैलिएको छ । यस्ता महामारी पौराणिक कालदेखि नै चल्दै आएको हो । कहिले कुन रोगले त कहिले कुन रोगले मानिसलाई दुःख दिँदै आएको थियो, अहिले पनि दुःख दिइरहेको छ ।
तर लाखौं लाखको ज्यान लिने कोरोना महामारी विश्वव्यापी रूपमा कसरी फैलियो ? कोरोनाको सुरूआत कसरी भयो ? यी विषयमा गम्भीर भएर सोच्नुपर्छ । कोरोनाले संसारभर धेरै नोक्सान गरिसक्यो । खोप आए पनि औषधि अझै बनिसकेको छैन । कोरोनाविरुद्धको औषधि आउँछ कि आउँदैन, त्यो पनि विचारानीय छ ।
कोरोनालाई विश्वभरबाट अन्त्य गर्नुपर्छ । कोरोना अहिले मात्र होकि फेरि पुनःजागृत हुन्छ, डरलाग्दो पक्ष यही हो । त्यसैले हामी यसका बारेमा थप सजग हुनु आवश्यक छ । सरकारले कोरोनाविरुद्धको खोज जसरी तदारुकताका साथ लगाइरहेको छ, यो भने स्वागतयोग्य छ ।
यसैगरी एमसिसीका बारेमा भन्नुपर्दा एमसिसी सहायता हो, मित्रराष्ट्र अमेरिकाले राम्रो मनले यो सहयोग दिन लागेको जस्तो लाग्छ । नेपालका विभिन्न आयोजना निर्माण गर्न दिन लागेको सहयोगलाई अन्यथा किन लिने ? एमसिसी हाम्रो देशमा मात्र होइन अन्त पनि छ भने हाम्रै देशमाचाहिँ विरोध हुनु अस्वाभाविक ठान्छु ।
यस मेसोमा कमल थापाले अर्काे पार्टी खोलेको सुनेँ, समाचारमा पढेँ । तर उहाँले यही मँल पार्टी राप्रपामै रहेको भए हुन्थ्यो, तर व्यक्ति आफ्नो इच्छाअनुसार चल्न स्वतन्त्र हुन्छ । कमल थापा पनि नयाँ पार्टी खोल्न स्वतन्त्र हुनुहुन्छ । दशकौं उहाँ राप्रपाको नेतृत्वमा रहनुभयो, त्यसैले उहाँले नयाँ पार्टी नखोलेको भए राम्रो हुन्थ्यो ।
यदि राप्रपालाई नै विस्तार गर्न सक्रिय भएको भए हुन्थ्यो तर चुनावको मुखमा उहाँले राप्रपा छोड्नुभयो । नयाँ पार्टी घोषणा गर्नुभयो । संविधानअनुसार दल खोल्न पाइन्छ । कमल थापाले पनि आफ्नो स्वतन्त्रता प्रयोग गर्नुभएको होला । तर उहाँले मँलघर छोडेकाले मलाई दुःख लागेको छ ।
यसै मेसोमा भन्नुपर्दा राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशनमा गरेका वाचा पँरा गर्नुहुनेछ भन्ने मलाई लागेको छ । उहाँलाई मेरो पनि शुभकामना छ । राजनीतिमा लाग्दा कहिले हार हुन्छ, कहिले जित हुन्छ । हारलाई पनि स्वाभाविक रूपमा लिनुपर्छ ।
कहिले गरिन्छ, कहिले जितिन्छ, एक पटक हार्नेले अर्काे पटक जित्छ । राप्रपाको महाधिवेशनको मत परिणामलाई मैले स्वाभाविक रूपमा लिएको छु । तर चुनाव निष्पक्ष छ भने हार्नेले बखेडा झिक्न पाइँदैन । एक पटक हारियो अर्काे पटक जितिन्छ, यही हो राजनीति चुनावमा सबैले जित्ने, सबैले हार्ने त होइन नि यो विश्वव्यापी मान्यता हो ।
खासमा भन्नुपर्दा नेपालमा दिनानु दिन महँगी बढिरहेको छ । सबैले खेती गर्न छाडे भने कसरी हुन्न महँगी ? स्वदेशमा उत्पादन भएन, विदेशबाट ल्याउनुपर्छ, अनि कसरी हुन्न महँगी ? खेती पेसामा लाग्नुपर्ने होनाहार युवा रोजगारीका लागि विदेशिएका छन् । अब कसले गर्छ खेती ? धान, दाललगायत सबैको उत्पादनमा कमी छ । यहाँ कानुन छलेर भइरहेको मँल्यवृद्धि भइरहेको छ । यसलाई रोक्न सरकार गम्भीर हुनु आवश्यक छ ।
अन्तमा, म सम्पँर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा मेलमिलाप होस्, जनता सुखले बाँच्न पाउन, आपसमा सहयोग र मित्रता साटासाट होस् । २१औं शताब्दीमा प्रवेश गरेका हामी फेरि जंगली मानिसजस्तो बस्नु हुँदैन । राज्यको नियम, कानुनअनुसार बस्नुपर्छ । संयुक्त राष्ट्रसंघले समेत विश्वमा नियम कानुन पालना गर्न सघाइरहेको छ । त्यसैले हामी आपसमा मिलेर अघि बढौं, हामीमा सबैमा वैरभाव नहोस् ।
(लेखक पँर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् ।)