काठमाडौं -नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) बीच भएको अनुदान सहायता बिहीबारदेखि एमसिसीमाथि छलफल हुने भएको छ ।
नेपाल सरकार र एमसिसीबीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसद्मा बिहीबार दिउँसो १ बजे बस्ने छलफल प्रारम्भ हुने भएको हाे ।
प्रतिनिधिसभाको बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा सो प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।
यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गर्नुहुने कार्यसूची तय गरिएको छ ।