काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युनाइटेडले एट्लेटिको मड्रिडसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको सातौं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै घरेलु टोली एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको एट्लेटिकोले दोस्रो हाफमा गोल खाना पुग्यो र बराबरीमा रोकियो । युनाइटेडले खेलको ८० औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । उसका लागि वैकल्पीक खेलाडी एन्थोनी एलंगाले गोल गर्दै युनाईटेडको सम्भावित पराजय टारेका थिए ।
अब दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा हुने छ । खेल युनाईटेडको घरेलु मैदानमा हुनेछ । च्याम्पियन्स लिग अन्तर्गत नै अर्को खेलमा बेन्फिका र आयाक्सले पनि २-२ गोलको बराबरी खेलेका छन् ।