काठमाडौं -प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि भएको महाभियोगको प्रस्ताव विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि दर्ता भएको महाभियोगको प्रस्ताव विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो।
महाभियोगको प्रस्ताव असंवैधानिक भएको दाबीसहित अधिवक्ताहरु डा. पुण्य खतिवडा र दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।
उक्त निवेदनमा जबरामाथिको महाअभियोग प्रस्ताव खारेज गर्न र जबरालाई पदमा बहाल गराउन अन्तरिम आदेश माग गरिएको छ । ।