काठमाडौं-प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।बिहीबार प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमै देउवा र ओली छलफलमा जुटेका हुन्।
सो छलफलमा काँग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी रहेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरु सुवास नेम्वाङ तथा विष्णु पौडेल सहभागी रहेका छन् ।बिहीबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको थियो
काँग्रेस सांसद मीन विश्वकर्माले भने, ‘प्रधानमन्त्रीज्यू र प्रमुख प्रतिपक्षी दलका नेतालगायतबीच छलफल भइरहेको छ ।’संसदमा एमसीसीको विषयमा छलफल भइरहेको सन्दर्भमा दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
।