काठमाडौं- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौंको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ ।देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बिहीबार टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा खोलि सञ्चालनमा बैंकले ल्याएको हो ।
बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठज्यूले पेप्सीकोला शाखा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका संचालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा.गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
टेकु र पेप्सीकोलामा थप दुई शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २५ पुगेको बैंकले जनाएको छ । बैंकका अनुसार देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टरहरु संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गरेको छ ।
कुल शाखा संख्या १२८ पुगेको बैंकले जनाएको छ । बैंकले १० एक्सटेन्सन काउन्टर २५ शाखारहित बैंकिङ र १०७ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।