काठमाडाै - नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीको राजीनामा मागे गरेकाे छ ।
काठमाडौंमा बुधबार सम्पन्न संयुक्त बैठकमा पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै आफ्नै पार्टीका कार्यकर्ताले झाँक्रीलाई बुधबार मन्त्री पदबाट राजीनामा माग गरेका हुन् ।
एकीकृत समाजवादी निकट विभिन्न २२ वटा संगठनहरुको संयुक्त बैठकमा बोलेका अधिकांशले मन्त्रीबाट झाँक्रीकाे राजीनामा माग गरेका छन् ।
पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा उभिएकी पार्टी सचिवसमेत रहेकी झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, शम्भु श्रेष्ठ, नरेश शाहीसहितले बताएका हुन् ।