काठमाडौं– आगामी फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका र विश्वसम्पदामा सूचीकृत भएका ७ वटा सम्पदाहरूको सरसफाइ अभियान सुरु हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म २५ दिने उपत्यका सरसफाइ अभियान सञ्चालन हुने जानकारी दिइएको हो ।
२५ दिने उपत्यका सफाइ अभियानमा सम्बन्धित नगरपालिकाका मेयरहरूलाई प्रमुख अतिथिमा बनाउने अभियानको कार्यक्रम रहेको छ । अभियानका संयोजक राजमान मानवले उपत्यका सरसफाइ अभियानले काठमाडौं उपत्यकामा लामो समयदेखि सरसफाइ गदै आएको बताए । सरसफाइको सुरुवात टोलबाट गरे पनि पछि काठमाडौं उपत्यका फोहोर बढ्दै गएपछि बाग्मती, मनोहरा, हनुमन्तेलगायत धेरै सफाइ अभियान चलाउँदै आएको उनले सुनाए ।
उनले सफाइ अभियान समय धेरै भएर नगरेको भन्दै आङ्खनो भित्री चाहना र इच्छाको कारण गरिरहेको बताए । सरसफाइले प्रकृतिलाई स्वच्छ राख्ने उनको भनाइ थियो । काठमाडौंमा सधै फोहोरको डंगुर हुने पनि उनले बताए । राज्यले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै उनले ध्यान दिनपर्नेमा जोड दिए । साउथ राष्ट्रका सबैभन्दा धेरै फोहोर हुने ५ देश भएको उनले जिकिर गरे ।
उनले संसारको पहिलो बंगलादेश र दोस्रो फोहोर राष्ट्र अफ्रिका भएको सुनाए । काठमाडौं उपत्यका सफा भए मात्र नेपाल अन्तर्राष्ट्रिय स्तरमा सफा देशको सुचिमा पर्ने उनको भनाई थियो । नेपालमा आउने पर्यटक मध्ये काडमाडौंमा मात्र ६० प्रतिशत घुम्ने जिकिर गर्दै उनले काठमाडौंलाई सफा राख्नुपर्ने बताए ।
पुरानो चल्दै आएको परम्परा अनुसार आफुहरूले सरसफाइ गरिरहेको र सरसफाइ ठोस योजना अनुसार नभएको संयोजक राजमानले सुनाए । सरसफाइ विधि राम्रो नभएको भन्दै उनले नेपालको सफाइ विधिलाई परिर्वतन गर्न आवश्यकता रहेको औंल्याए । नेपालको सफा गर्ने विधि अवैज्ञानिक र अव्यवस्थित भएको उनले आरोप लगाए ।
पर्यटकिय शहर पोखराका केही भाग सफा भएपनि धेरै स्थान फोहोर भएको उनले सुनाए । उपत्यकाको सरसफाइ गर्ने जिम्मा कसको हो त्यो कसैलाई थाहा नभएको उनले सुनाए । आङ्खनो घर, टोल सफाइको लागि जनता आफै सचेत हुनपर्नेमा उनले जोड दिए ।
मानवले आफु सरसफाइ गरिरहेको अवस्थामा मर्न चाहेको पनि स्पष्ट पारे । विश्वका सबै मानवले आफुले प्रयोग गरेर निस्किएका वस्तुहरू नै फोहोर भएको भन्दै जथाभावी फोहोर फाल्न नहुने बताए । सरसफाइ गर्न सबैले आङ्खनो दायित्व सम्झेर जिम्मेवारी वहन गर्नुपर्ने उनको भनाई थियो । नेपालमा जति फोहोर गरेपनि दण्ड जरिवानाको व्यवस्था नगरिएको भन्दै फोहोर गर्नेलाई जरिवाना तोक्न सम्बन्धित निकायलाई समेत आग्रह गरे । नेपालमा फोहोर फाल्नेलाई कारवाही गर्ने नियम भएपनि लागु नभएको उनले उल्लेख गरे ।
त्यस्तै, मैतिदेवी वातावरण संरक्षण अभियानका संयोजक राजेश श्याम मिश्रले उपत्यका व्यापी सरसफाइ सबैले आ–आङ्खनो ठाउँमा रहेर मात्र सम्भव नभए पछि एकिकृत भएर उपत्यका ब्यापी सरसफाइ अभियान सञ्चालन गर्न लागेको बताए । राज्य सञ्चालन गर्ने नेताहरू दृढताको साथ लागेमा काठमाडौं उपत्यकामा फोहोरको समस्या नहुने उनको भनाई थियो । फोहोर व्यवस्थापन गर्न ल्याण्ड फिल साइडको राम्रो व्यवस्था हुनपर्ने उनले बताए । वर्खा लागेसँग सधै बाटो बिग्रने समस्या सधै उस्तै रहेको भन्दै मानन्धरले चाँडो भन्दा चाँडो बाटो निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गरे । उनले सरसफाइ अभियान साढे ७ देखि ९ बजेसम्म गर्ने पनि जानकारी दिए ।
यसैगरी, मनोहरा सरसफाइ अभियानका संयोजक चन्द्र दगांलले नेपाल सप्तऋषिले तपस्या गरेका भुमि हो भन्दै पवित्र तपोभुमिको सरसफाइ नगरे ठुलो पाँप लाग्ने बताए । २०७० जेठबाट बाग्मती सफाइको सुरुवात गरेको सुनाए । प्रकृतिको सुन्दर उपहार नेपाल भएपनि पछिल्लो समयमा फोहोरी देशको रूपमा परिचित भएको उनले आरोप लगाए ।