भक्तपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वैज्ञानिक, व्यावसायिक र व्यावहारिक शिक्षाका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को क्षेत्र र गरिमालाई बढाउनु आवश्यक भएको बताएका छन् ।
सिटिइभिटीको ३४औँ वार्षिकोत्सवको अवसरमा विहिबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नयाँ विषयको खोजी, नयाँ संरचना विकास र स्थानीय तहमा साझेदारी पहुँच विस्तार गरी सिटिइभिटीको क्षेत्र र गरिमालाई बढाउनु आवश्यक भएको बताए । उनले शैक्षिक बेरोजगारी राज्यको ठूलो समस्या भएकाले गुणस्तरीय प्राविधिक शिक्षाले यो समस्या समाधानमा सहयोग पुर्याउने मन्त्री पौडेलले बताए ।
कार्यक्रममा शिक्षासचिव यादव कोइरालाले सिटिइभिटीका कर्मचारीले नयाँ अवधारणासहित काम गर्न निर्देशन दिएका छन् । उनले गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गरी देशलाई आवश्यक मानव स्रोत उत्पादनमा सिटिइभिटीको उल्लेख्य भूमिका रहेको बताउँदै सिटिइभिटीले आङ्खनो विशेष पहिचान कायम राख्न निजी शिक्षालयसँग प्रतिस्पर्धी हुनुपर्ने बताए । उनले शिक्षा मन्त्रालय सिटिइभिटीको विकासको लागी तयार रहेको बताउँदै अब बन्ने नयाँ ऐनले यी कुरा सुनिश्चित गर्ने बताए ।
सिटिइभिटीका सदस्यसचिव जीवनारायण काङ्खलेले परिषद्ले ‘सीपयुक्त जनता, समृद्ध नेपाल’ दूरदृष्टि राखी आङ्खना गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए । उनले गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिममा सबै नागरिकको समावेशी एवं समतामूलक पहुँच पुर्याउन परिषद् क्रियाशील रहेको बताए । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाको आङ्खनै सय श्ययाको अस्पताल हुनैपर्ने प्रावधानका कारण करिब ७७ वटा नर्सिङ कार्यक्रममा यसै शैक्षिक सत्रदेखि नयाँ विद्यार्थी भर्ना रोकिएका र तीन हजार विद्यार्थी नर्सिङ शिक्षा पढ्नबाट बञ्चित भएको सिटिइभिटीले जनाएको छ ।
कार्यक्रमस्थलमा बनेपा बहुप्राविधिक शिक्षालय, शङ्खरापुर बहुप्राविधिक शिक्षालय, रामेछाप बहुप्राविधिक शिक्षालय, बालाजु स्कूल अफ इञ्जीनियरिङ एण्ड टेक्नोलोजिका विद्यार्थी तथा शिक्षकहरूले आफूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शन गरेका थिए । कार्यक्रममा मन्त्री पौडेलले सिटिइभिटीद्वारा प्रकाशित अनुसन्धानमूलक लेखको जर्नल विमोचन गर्नुका साथै उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गरेका थिए ।