शुक्रबार-शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
सचिवालयले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरी विशेष कारणवश आजको बैठक बस्न नसक्ने भएकाले आइतबारसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हाे।
आज दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ अनुसार आइतबारसम्मका लागि सारिएको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
हिजो फागुन १२ गतेको बैठक पनि यसैगरी सूचना टाँस गरी आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेस गरिने कार्यसूची रहेको थियो ।