काठमाडौं – एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेज प्रा.लिबीच सम्झौता भएको छ । काठमाडौंमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रा.लिसँग ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो ।
नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकहरुमाझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको जनाएको छ ।
यस सम्झौतामा बैंकका ग्राहकहरुले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट/ क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा फुड एन्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त हुने जनाइएको छ ।
यस सम्झौताअन्तर्गत सोल्टी इन्टरप्राइजेज अन्तर्गत संचालनमा रहेका अन्य होटलहरुमा समेत छुट प्राप्त हुने, बैंक र इन्टरप्राइजेजबीच प्रबद्र्धनात्मक कार्यक्रमहरु समेत संचालन गर्ने सहमति भएको छ ।
देशैभर ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएममार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।