जुम्ला– जिल्ला निर्वाचन कार्यालय जुम्लाले स्थानीय सरकारलाई मतदाता नामावली हस्तान्तरण गरेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाले एक कार्यक्रमका बिच स्थानीय सरकारलाई मतदाता नामावली उपलब्ध गराएको हो ।
कार्यालयले मतदाता नामावली अद्यावधिक (दाबी विरोध त्रुटि सच्चाउने कार्यक्रममा जुम्लाका सबै सारोकारवाला निकायलाई जानकारी गराइएको छ ।
निर्वाचनलाई दृष्टिगत गरी जुम्लामा मतदाता नामावली अद्यावधिकसम्बन्धी अन्तरक्रिया गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाले जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायबीच मतदाता नामावली अद्यावधिक अन्तरक्रिया गरेको हो ।
निर्वाचन आयोग नेपालले जारी गरेको संशोधित सूचनाका आधारमा हराएका मतदाता परिचयपत्र कार्ड फागुन २० गते भित्र लिने व्यवस्थाका बारेमा समेत जानकारी गराइएको छ । सम्बन्धित व्यक्तिले निवेदन र वडाको सिफारिससहित इमेल, ङ्खयाक्स र अन्य माध्यमबाट पनि निर्वाचन कार्यालयमा पठाउन सक्ने व्यवस्था गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले निर्वाचनमा अहिले प्रधान विषय दर्ता भइसकेका मतदाता अनुसारका नामावली अनुसारका व्यक्ति कसरी मतदान स्थलमा पु¥याउन सकिन्छ भन्ने तयारीका लागि सबै लाग्न अनुरोध गरे । उनले अन्तरक्रियामा कानुनलाई आधार मानेर काम गनुपर्ने र अर्को दुर्गमताको कारणले आउने समस्याको बारेमा आयोगलाई जिल्लाको जानकारी हुनुपर्नेमा जोड दिइन् ।
कार्यालय प्रमुख महेश शर्माले जुम्लामा जम्मा ६८ हजार ७ जना मतदाता नामावली रहेको बताए । उनका अनुसार चन्दननाथ नगरपालिका ११ हजार नौ सय २८, कनकासुन्दरी गाउँपालिका नौ हजार ७८, गुठिचौर गाउँपालिका ६ हजार पाँच सय ३९, तातोपानी गाउँपालिका नौ हजार चार सय तीन, तिला गाउँपालिकामा सात हजार नौ सय ३९, पातारासी गाउँपालिका आठ हजार छ सय ७६, सिञ्जा गाउँपालिका आठ हजार एक सय ३७ र हिमा गाउँपालिका ६ हजार तीन सय जनाको नामावली रहेको छ । एक पालिकामा एक हजार भन्दामाथि मतदाता रहेको खण्डमा अनुमानित मतदान केन्द्र १०२ हुने सक्ने बताइएको छ ।
अन्तरक्रिया हराएको मतदाता परिचय पत्रको आवेदन दिने समय छोटो भएकाले संशोधन गर्ने समय छोटो भएकाले मिति थप्न सरोकारवाला निकायले आग्रह गरेका छन् । स्थानीय राजनीतिक दलले हिमाली क्षेत्रका मानिस व्यापार व्यवसायमा बाहिर जानुपर्ने अवस्था भएकाले फागुन २० गते छोटो सूचना हुने सुझाव दिएका छन् ।