काठमाडाैँ - देशभर पछिल्लो २४ घण्टामा थप कोरोनाबाट चार सय जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ३४१ को परीक्षण गर्दा १८० जनामा सङ्क्रमण पुष्टि भएसँगै चार सय जना सङ्क्रमण मुक्त भएका हुन् ।
कोरोना भाइरस सङ्क्रमणकाे पुष्टि भएसँगै एक जनाले ज्यान गुमेकाे छ। यससँगै नेपालमा पिसीआर विधीबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७६ हजार ९८४ पुगेको छ ।
एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार हजार ३८७ रहेको छ । पछिल्लो समय थप ४०० जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ५६ हजार ४१३ पुगेको छ ।
सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३६ पुगेको छ भने आज थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार २३५ रहेको छ । अहिले होम आइसोलेशनमा आठ हजार २१ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा २१४ आइसीयुमा ८० र भेन्टिलेटरमा ६ जनाले उपचार गराईरहेका छन् । त्यसैगरी पछिल्लो समय एक लाख ४१ हजार १२१ ले खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।