कठमाडाै -हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ।
हाल मौसमको अवस्था देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाकाे मौसम पूर्वानुमान बुलेटिनले बताएकाे छ ।
सुदुरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएकाे छ ।
विभागका अनुसार सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै र बाकी प्रदेशका पहाडीभू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाकाे भनाइ छ ।
यसका साथै देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ।