काठमाडाै - राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसिसीबारे धारणा सार्वजनिक गर्ने भएको छ ।
एमसिसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो ।
बुधबारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । त्यसपछि एमसिसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए ।
बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भइसकेको छ । बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धि, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमाथि बुधबारदेखि नै छलफल सुरु भएको हाे।