झापा –सनराइजकाे बैंक लिमिटेड झापामा ८७ औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बुधबारे शाखाको आयोजनामा झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं.–१, शान्तिचोक, सिस्नेमा शाखारहित बैंकिङ सेवा सनराइज बैंकले सुरुवात गरेको हो ।
सो शाखा सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ८७ पुगेको जनाएको छ ।बैंकका अनुसार अर्जुनधारा नगरपालिका वडा नं.–१, शान्तिचोक, सिस्ने झापामा खोलेको शाखारहित बैंकि सेवाको प्रतिनिधिका रुपमा गणेशप्रसाद गौतमलाई नियुक्त गरेको छ ।
सोमबारमा आयोजित कार्यक्रममा प्रमुख अतिथिमा अर्जुनधारा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गजाधर खतिवडा तथा स्थानिय राजनितिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, व्यापारीहरु समेतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको सभापतित्व सन्राइज बैंक लिमिटेड बुधबारे शाखाकी शाखा प्रबन्धक श्रीमती गीता खतिवडाले गरेकोे थिए । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाटसमेत शाखारहित बैंकिङ सेवा अन्तर्गत ए.टि.एम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकि पहुँच बढाउने उद्देश्यका साथ बैंकि सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकि सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकको दाबी छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकि सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।