काठमाडाै- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवनमा ३ वटा शाखा विस्तार गरेकाे छ ।
बागमती प्रदेश अन्तर्गत चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ०८ स्थित पर्सा बजारमा १३०औ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१औ र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२औ शाखा कार्यालय स्थापना गरी आज फागुन १८ गतेदेखि कारोबार ३ शाखा गरेको हाे ।
व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको बैंकले जनाएकाे छ ।
बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताएका छन् ।
बैकका अनुसार विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । यससँगै १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटियममार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको बैककाे जिकिर छ ।