काठमाडाै - आर.के श्रेष्ठको स्वरमा "मुरली बज्यो तिरिरी" सार्वजनिक भएकाे छ ।आनन्द गुरुङ्ग लक्ष्मी गुरुङ्ग र राजेश श्रेष्ठको अभिनयमा आर.के को "मुरली बज्यो तिरिरी" बजारमा आएकाे छ ।
हिजो आज नेपाली गीत संगीतको क्षेत्रमा क्षेणिक आनन्दका गीत संगीतहरु बजारमा प्रसस्त्र मात्रामा भेट्ने गरिन्छ । जसको कारण कलाकारिता क्षेत्रमा कलाकारहरुले शसक्तता नपाएका हुन् भन्ने अनुमान गर्न सकिन्छ ।
यसैलाई ध्यानमा राखेर आफ्नो सांगीतिक यात्राले दिर्घ रुप प्राप्त गरोस् भन्दै, पिरतीको जेल, डोको र नाम्लो बोकेर, रेडी भएर बस्नु लगाएतका थुप्रै सदाबहार गीत संगीतहरु बजारमा ल्याइसकेका काभ्रेली युवा गायक आर.के श्रेष्ठले पुनः अर्को गीत सार्वजनिक गरेका छन् ।
उक्त गीत "मुरली बज्यो तिरिरी" बोलको रहेको छ । उनका यस भन्दा पहिलेका सांगीतिक प्रस्तुत सुन्दा र हेर्दा जो कोहीलाई पनि प्रसंसा गर्न मन लाग्ने किसिमका रहेका छन् ।
भर्खरै सार्वजनिक भएको "मुरली बज्यो तिरिरी" बोलको गीतलाई अष्ट लामाले संगीत भरेका हुन् भने शब्द रमेश अधिकारीको रहेको छ । आर.के श्रेष्ठ द्वारा नै स्वर बद्ध भएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ ।
भिडियोमा आनन्द गुरुङ्ग लक्ष्मी गुरुङ्ग र राजेश श्रेष्ठको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन शिब बि.क ले गरेका हुन् भने छायांकन मधुर बस्नेत, शम्भु चालिसे र सम्पादन मेक बहादुर थापाले गरेका छन् ।
"मुरली बज्यो तिरिरी" बोलको गीतलाई आर.के श्रेष्ठ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।