काठमाडाै - सामाजिक सञ्जाल दुरूपयोग गरे कारबाही गर्ने साइबर ब्यूरोले चेतावनी दिएकाे छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरी युट्युब, टिकटकलगायतमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्दै उक्त कार्य नगर्न शुक्रबार प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले आग्रह गरेको हो ।
साइबर ब्यूरोले सूचना जारी गर्दै विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी गम्भीर प्रकृतिको अपराध अनुसन्धान कार्यलाई प्रभावित पार्ने कोशिस गरिरहेको भन्दै ध्यानाकर्षण गराएको छ ।
यस्ता कार्य गरेमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही हुने भन्दै यस्ता कार्य नगर्न आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८ १६:२३