काठमाडाै - हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे मौसम पूर्वानुमान महाशाखाकाे मौसम पूर्वानुमान बुलेटिनले जनाएकाे छ ।
देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग बताएकाे छ।
देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने माैसम विभागले जनाएकाे छ ।
माहाशखाका अनुसार देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
देशभर तापक्रम बढ्ने क्रममा रहेकोले विशेष गरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ ।