काठमाडौ - गायिका शान्ति बस्नेतको नयाँ गीत 'माया चोखो छ' बजारमा आएको छ । गायिका शान्ति बस्नेतकै शब्द र आवाजसमेत रहेको उक्त लोकगीत एस बि युटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
लेखककोसमेत पहिचान बनाएकी गायिकाको आवाजमा विशाल निरौलाले साथ दिएका छन् । संगीतकार खेमराज सरुले म्युजिक भरेका छन् भने शब्द रचनामा शान्तिलाई खेमराजले नै साथ दिएका हुन् ।
बस्नेतले यसअघि नै एकपल्ट भनन २,जुनेली रातमा,जुनीजुनी,घर आउन पाइन परदेशी,बेहुली लगायतका एक दर्जन भन्दा बढी गीतमा शब्द रचना गरिसकेकी छन् ।
हिमाली जिल्ला सोलुखुम्बुको माप्य दुधकोसी गाउँपालिका वडा नम्बर ४ मा जन्मिएका रचनाकार तथा गायिका शान्तिले हाल काठमाण्डौँलाई कर्म थलो बनाई गीत संगीतमा लागिरहेकी छिन् ।
उनी नेपाली कांग्रेसको भातृ संस्था नेपाल साँस्कृतिक सघंका केन्द्रिय सदस्यसमेत रहेकी छिन् ।
https://youtu.be/Iehlz-aOG5k