नेपालगञ्ज - शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन् ।
निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनलप्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्न संकल्प गर्नुपर्ने बताएका हुन् ।
राज्यको ३० प्रतिशत व्यायभार बोकेको निजी शिक्षण संस्थाले विद्यार्थीलाई संस्कार र संस्कृति सिकाउनुपर्ने बताउँदै वर्तमान अवस्थामा संस्कार र संस्कृति हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।
'विज्ञहरुले नैतिक शिक्षा विषयका रुपमा राख्नुपर्छ ,' उनले भन्नुभयो, “आजभोलि समाजमा अरजकता, अश्लिता बढेर गएको छ, जिम्मेवारीबोध कमहुने, अधिकारको खोजीमात्रै हुने,आफ्नो भूमिकालाई विर्सर्ने संस्कार र सस्कृति बढेर गएको छ, यसलाई नियमनगर्ने भनेको शिक्षाहो ।”
शिक्षालाई व्यवस्थित गरी उत्पादनजनशक्तिलाई अनुशासनबनाउन सके बिगिँ्दै गएको संस्कार र संस्कृृतिलाई लयमा फर्काउन सकिने बताए । मन्त्रालयले कुनै पनि शिक्षालाई विभेद नगर्ने बताउँदै बन्दै गरेका ऐनमा शिक्षामैत्री बन्ने बताए ।
१० वर्षे शिक्षाका योजनाहरु सार्वजनिक गरेको बताउँदै मन्त्री पौडेलले निजी क्षेत्रको सम्पत्ति सुरक्षा गर्ने राज्यको दायित्व भएको बताए । राज्यको तर्फबाट प्रचलित कानुनअनुसार सबैलाई समेटरजाने बताउँदै उनले प्रदेश र स्थानीय तहलाई अधिकार दिने विषयमाकञ्जुसाई नगर्ने बताए ।
“शिक्षक महासंघ गरेको सहमतिले स्थानीय तहको अधिकार खोसियो भनिएको छ”, उनले भने, “नियमअनुसार प्रदेश र स्थानीयतहसँग समन्वय गरी अघि बढ्छौं, अधिकार खोस्दैनौं ।” ५५ बुँदे कार्ययोजना सार्वजनिक गरी नितिगत सुधारमा लागेको बताउँदै मन्त्री पौडेलले ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षा पुर्याउने लक्ष्य रहेको बताए ।
सार्वजनिक शिक्षण संस्थाहरुको भवनसँगै शैक्षिक गुणस्तरका लागि मन्त्रालयले योजना बनाएर लागेको बताउँदै आगामी तीन वर्षभित्र सार्वजनिक विद्यालयका भवनसँगै आइसीटी बन्ने उद्घोष गरेका छन् । संकल्प, लगनशीलता र अनुशासनले मात्रै शिक्षा प्रणाली सुधार्न सकिने बताउँदै एक अर्काले सम्मान गर्दै अघि बढ्नुपर्ने जाेड दिए ।
आजदेखि शुरु भएको सातौं महाधिवेशनले भोलि नयाँ नेतृत्व छान्ने छ । २०५४ सालमा स्थापना भएको संस्था हाल ४७जिल्लामा फैलिएको जनाए ।