काठमाडाै -राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश बुझाएका छन् ।
प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालय राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७/७८ को सो प्रतिवेदन पेश बुझाएका हुन् ।
प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष देउवाले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आव २०७७/७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पनि पेश गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता समीर आचार्यले जानकारी दिएका छन् ।
प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष देउवाले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आव २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेकाे थियो ।