[caption id="attachment_21912" align="alignleft" width="243"]
विनोद पौडेल[/caption]
विपी राजमार्ग पूर्व तथा तराईका जिल्लाहरूलाई जोड्ने प्रमुख राजमार्ग हो । बागमती प्रदेशको सिन्धुली, रामेछाप, दोलखा तथा प्रदेश १ र मधेस प्रदेशका अधिकांश जिल्ला जोड्ने छोटो राजमार्गका रूपमा चिनिन्छ ।
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलबाट पूर्वतर्फ यो राजमार्ग छुट्टिन्छ । धुलिखेलबाट बर्दिबाससम्मको करिब १७१ किलोमिटर रहेको यो राजमार्ग जापान सरकारको सहयोगमा निर्माण भएको हो ।
पहाडी जिल्ला भएकाले यो सडकखण्ड निर्माणमा निकै कठिन परेको थियो । पहाडलाई फोर्दै निर्माण भएको यस सडक सा“घुरो अनि घुमाउरो छ । यहा“ यात्रा गर्न जोखिम र डर भने अवश्य छ भने मनमोहक पनि उत्तिकै ।
संघीय राजधानी काठमाडौं जोडिन छिटो हुनाले यो राजमार्ग व्यस्त रहने गर्दछ । रात्रिकालीन सार्वजनिक सवारीसाधन त्यति नचल्ने यस सडकमा दिवाकालीन भने सडकको क्षमताभन्दा दोब्बर चल्ने गर्दछ । सानादेखि ठूला मालवाहक सवारी चल्ने यस राजमार्गमा दुर्घटनाको जोखिम बढ्दै गइरहेको छ ।
यहाँ चल्ने अधिकांश रूपमा टाटासुमो, बस, ट्रिपर, मालवाहक सवारी, साना ढुवानीका रूपमा बोलेरो टाटामोबाइलजस्ता सवारीको आतंक नै चल्ने गरेको छ । ट्रिपर आतंक भने केही मत्थर भएको छ, ट्राफिक प्रहरीले दिउ“सो चल्न रोक लगाएस“गै आमनागरिकलाई राहत भएको हो ।सा“घुरो सडकमा सवारीसाधनको गति तीव्र हु“दा अनियन्त्रित भइ दुर्घटनाबाट अनाहकमा नागरिकले ज्यान गुमाउनुपरेको छ ।
यस्तो अवस्थाको भोगाइ नागरिकले कहिलेसम्म भोग्ने ? यो सडकखण्डमा हरेक दिनजसो दुर्घटना नभएको खबर विरलै सुन्न पाइन्छ । यस्ता दुर्घटना बारम्बार दोहोरिरह“दा दुर्घटना कम गर्न सम्बन्धित निकायले राजमार्गमा सवारी चलाउने चालक र सहचालकलाई सचेतनात्मक कार्यक्रम ल्याउन जरूरी छ । हुन त यो राजमार्ग मात्र होइन अन्य राजमार्गको अवस्था पनि उस्तै छ ।
विपी राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–१० बेलाका मनिष सापकोटा कलेज अध्ययन गर्न हरेक दिनजसो घरबाटै मोटरसाइकलमा बनेपा जाने/आउने गर्छन् । जाँडो महिना शरीरले धान्नेभन्दा पनि धेरै बाक्लो कपडा लगाएर बिहानै घरबाट निस्कन्छन् । सधैँझैँ उनी अर्थात् पुस ११ गते बिहान घरबाट कलेज निस्किए । अघिपछि चाँडै निस्किने मनिष त्यो दिन अतिरिक्त कार्यक्रम भएकाले केही ढिला निस्किए ।
घरपरिवारसँग बिदा भएर निस्केका मनिष, करिब ५०० मिटर दूरीमा नपुग्दै उनी मोटरसाइकल दुर्घटना परे ।विपरीत दिशाबाट अनियन्त्रित रूपमा आएको टाटायोद्धा गाडीको ढक्करबाट उनी घाइते बने । उनलाई ठक्कर दिने गाडी चालक सामान्य घाइते भए । मोटरसाइकल चालक मनिष महिनौँ आराम गरेर बस्नुपर्ने गरी घाइते भए । त्यसस“गै उसले निकै पीडा बेहोर्नुप¥यो ।
भर्खर कलेज पढ्ने उमेरका मनिष दुर्घटनामा परेपछि उनको बाँकी जीवन झन् संघर्षमय बनेको छ । उनको दायाँ खुट्टा तीन ठाउँमा भाँचिन पुग्यो, गम्भीर घाइते भएका मनिष स्थानीयको सहयोगमा समयमा नै अस्पताल पुग्न सफल भए । काभ्रेको धुलिखेल अस्पतालमा झण्डै एक महिनाको उपचारपछि अहिले उनी घरमा आराम गरिरहेका छन् । तर, उनी अहिलेसम्म पनि राम्रोसँग हिँड्डुल गर्नसक्ने अवस्थामा छैनन् । पूर्णरूपमा परिवारका सदस्यको भरमा दिनचर्या चलाउन उनी बाध्य भएका छन् । आफ्नो लेनमा सुरक्षित तवरले यात्रा गरिरहँदा पनि अन्य सवारीका कारण जोखिम बढ्दै जानाले यस्ता खालका दुर्घटना सडकमा झन्झन् बढ्दै गइरहेको छ ।
मनिष त एउटा प्रतिनिधि पात्रमात्र हुन् । यहँ मनिषजस्ता अनाहकमा सवारी दुर्घटनाबाट पिल्छिएका धेरै मनिसहरू छन् । आफू सही तरिकामा सडक सवारी सुरक्षा मापदण्ड अपनाउँदा अपनाउँदै गर्दा पनि अन्य सवारीको आतंक देख्दा उदेक लाग्छ । राजमार्गमा ठूला सवारी आतंक दिन प्रतिदिन बढ्दै गइरहेका छ । साना सवारीचालकले आफू सुरक्षित तवरले सवारी चलाइरह“दा पनि ठूला सवारीको आतंकले गर्दा अंगभंग भइ शारीरिक रूपमा अशक्त हुनुपर्ने तथा अनाहकमा ज्यान जानेसम्मको दुर्घटना निम्तिने गरेको छ ।
राजमार्गमा तीव्र गतिमा सवारीचालकले सवारी चलाउँदा दुर्घटना झन्झन् बढ्दै गइरहेको छ । साँघुरा सडक, त्यसमाथि पहाडका घुम्ती नै घुम्तीमा चालकसचेत नहुनाले दुर्घटना भइरहेको छ । यस्ता दुर्घटना न्यूनीकरण गर्न चालकलाई सचेतनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक देखिन्छ भने गति नियन्त्रणमा ध्यान पु¥याउनुपर्ने अर्को आवश्यकता छ । चालकलाई यात्रा अवधि तोक्न व्यवस्थाको खाँचो छ । वैकल्पिक सवारीचालक राख्नुपर्ने अभियान ट्राफिक प्रहरीले चलाइरहेको भए पनि प्रभावकारी बन्न सकेको देखिँदैन । यस्ता नियमहरू लागू भएता पनि कार्यान्वयन भने शून्यजस्तै छ । आज हरेक राजमार्गको अवस्था यस्तै दयनीय रहेको छ ।
सडक यातायात सबैको पहुँचमा छ तर यसको गुणस्तरमा भने ध्यान नपुगेको देख्न सकिन्छ । ट्राफिक प्रहरीको तथ्यांक हेर्ने हो भने हरेक वर्ष सडक दुर्घटना बढिरहेको देख्न सक्छौं । गत आव २०७७/७८ मा नौ हजार ५४५ वटा सवारी दुर्घटनाको भएको तथ्यांक ट्राफिक प्रहरीसँग छ । यो संख्या भनेको ट्राफिक प्रहरी कार्यालयमा दर्ता भएका रेकर्ड हुन् यहाँ रेकर्ड नभएका घटनाको लेखाजोखा नै छैन । हरेक दिन सवारी दुर्घटनाका समाचार सञ्चारमाध्यममा नहेरेको दिन नै छैन ।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार गत साउन, भदौ, असोजको मात्र सडक दुर्घटना संख्या हेर्ने हो भने दुई हजार ५५१ रहेको छ । यो रेकर्डअनुसार महिनामा सरदर ८०० को हारीहारीमा सडक दुर्घटनामा पर्ने गरेको पाइन्छ । जसअन्तर्गत दैनिक २५ देखि ३० वटा साना ठूला सवारी दुर्घटना हुने ट्राफिक प्रहरीको तथ्यांकबाट स्पष्ट हुन्छ । यी बाहेकका सवारी दुर्घटनाका भने लेखाजोखा नै छैन । यसरी सडक दुर्घटना बढ्दै मात्र जाने हो भने सडक यात्रा भरपर्दो देखिँदैन । यात्रा अवधिभर डरैडरमा यात्रा गर्नुपर्ने बाध्यता हुन्छ ।
राजमार्गमा यात्रा गर्दा गन्तव्यमा नपुगुञ्जेलसम्मको यात्रा कहालीलाग्दो हुने गर्छ । असुरक्षित यात्रासँगै सार्वजनिक सवारीसाधनका सहचालकको हप्कीदप्कीसमेत खानुपर्ने हुन्छ । राजमार्गको असुरक्षित यात्रा डरमर्दो छ । गन्तव्यसम्म नपुगुञ्जेल डरैडरले यात्रा गर्नुपर्ने बाध्यता आमनागरिकलाई छ । यस सम्बन्धमा ट्राफिक प्रहरी, सवारीचालक, सम्बन्धित सरोकारवालाले समयमा नै ध्यान नपु¥याउने हो भने यस्ता दुर्घटनाबाट नागरिकले सधै“ कष्ट भोग्नुपर्ने बाध्यता आइरहन्छ ।
सडक सुरक्षासम्बन्धी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आजको टड्कारो आवश्यकता बनेको छ । यदि त्यस्तो नहुने हो भने सडक सुरक्षाप्रतिको विश्वसनीयता विस्तारै गुम्दै जाने पक्का छ । सरकारको नियमलाई पछ्याउँदै सडक प्रयोगकर्ता सवारीचालकले केही विवेक पु¥याइ सुरक्षित यात्राका लागि जबसम्म प्रण गर्दैन, स्वविवेकी हुँदैन, तबसम्म यस्ता दुर्घटना न्यूनीकरण गर्न कठिन पर्दछ । आम सडक प्रयोगकर्ताले आफ्नो अहंतालाई त्यागेर सुरक्षित यात्राको प्रण गरे मात्र सुरक्षित र सरल यात्राको महसुस हुन्छ, तबमात्र सडक सुरक्षामा सुधार गर्न सहज हुनेछ ।