काठमाडौं - विल्सन विक्रम राई र पेमा दिछेन तामाङको 'सुपारी सुटुक्कै ’ सार्वजनिक भएको छ । पूर्वेली लोक लयमा तयार पारिएको बहु प्रतिक्षित गीत 'सुपारी सुटुक्कै’ नेपाल मिडियाको अफिसियल युट्युब च्यानलबाट आज सार्वजनिक भएको हाे ।
डिआर अटुको रचना रहेको गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन (राई/लिम्बू)लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । प्रेमील मनका प्रेमका बोलीहरुलाई यस गीतमा समेटिएको छ ।
द भ्वाइस अफ किड्सी कि फाईनलिष्ट पेमा दिछेन तामाङ र गायक संगाम शेर्माको स्वरमा रहेको यस गीतमा संगीत चर्चित संगीतकार डिआर अटुले भरेका छन् ।गीतको एरेन्जमा भने राजु कार्कीले सहयोग गरेका छन् । लिम्दुनी क्रियसन र कोरियन स्टुडियोमामा रेकर्ड गरिएको यस गीतलाई निरु लाबती लिम्बुले लगानी गरेकी हुन् ।
पुर्वेली लोकजीवन र रहनसहनलाई मायाप्रेमसँग फ्युजन गरेर उत्पादन गरिएको यो भिडियोलाई दिनेश माङबो निर्देशन गरेका छन् ।गीतमा मुख्य अभिनय विल्सन विक्रम राई ,पेमा दिछेन तामाङ, पुष्पाञ्जली तिलिङ मादेन , रुद्ध पाहिम , चन्द्र गोले तामाङ, प्रिया लिम्बुले पनि साथ दिएका छन् । यस गीत तथा भिडियोलाई सम्पादन अनिल रानाले गरेका छन् भने यसै गरि क्यामेरमा बुद्ध थापा रहेका छन् ।