काठमाडौं– श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा स्थानिय टोलीलाई २१५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली नेपालले श्रीलंका नेभीलाई उक्त लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमबल १ ओभरमा अलआउट हुदै २ सय १४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४३ रनको योगदान दिए । त्यस्तै आशिफ शेख ३६ रनमा आउट भए । अन्यको प्रदर्शन सम्झन लायक रहेन ।
त्यस्तै विनोद भण्डारी २२, करण केसी १६, कमल सिंह ऐरी १५, कुशल भुर्तेल, रोहित पौडेल र सागर ढकाल १३–१३ रनको योगदान दिए । कप्तान सन्दीप लामिछाने र विक्रम सोबले ११–११ रनको योगदान दिए । श्रीलंका नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक ४ तथा अवादतले ३ विकेट हात पारे । २१५ रनको लक्ष्य सहित घरेलु टोलीले जबाफि ब्याटिङ गर्दैछ ।