काठमाडौ– नेपाली बजारमा परम्परागत वनस्पति विज्ञानसँग नवीनतम विज्ञानको फ्यूजन गर्ने कम्पनी डिएच्सी अब नेपालमा स्थापना भएको छ ।
विश्वको ३० भन्दा बढी देशहरुमा उपलब्ध परम्परागत वनस्पति अर्गानिक ओलिभको प्रयोग गरी परम्परागत वनस्पति विज्ञानसँग उत्कृष्ट स्किन केयर उत्पादनहरू गर्ने कम्पनि डिएच्सी सेवा दिन नेपालमा स्थापना भएको हो ।
डिएच्सीको पुरा नाम दाइगाकु होन्याकु सेन्टर हो । यो कम्पनि सन् १९७२ मा जापानमा शैक्षिक अनुवाद कम्पनीको रूपमा सुरु भएको थियो । एक दूरदर्शी जापानी उद्यमीले अर्गानिक ओलिभको प्रयोग गरी उत्कृष्ट स्किन केयर उत्पादनहरू सिर्जना गर्ने विचार राखेका थिए जसले डिएच्सीको स्कीन केयरको सुरुवात गरेको थियो ।
डिएच्सीले ४० वर्षदेखी आधुनिक स्किन केयरमा क्रान्तिकारी परिवर्तन गर्ने खोजमा परम्परागत वनस्पति विज्ञानसँग नवीनतम विज्ञानको फ्यूजन गरेको छ । डिएच्सी अमेरिका, बेलायत, युरोप , ईन्डिया लगाएत विश्वको ३० भन्दा बढी देश हरुमा उपलब्ध छ र डिएच्सी स्किन केयर ब्रान्डमात्र नभई कस्मेटिक । सप्लिपेन्टहरु पनि उत्पादन गर्ने गर्दछ ।
नेपालका लागि आधिकारिक बिक्रेता हिमाञ्चल ट्रेडिङ प्रा.लि ले एक भब्य कार्यक्रमकाबीच आगामी चैत्र तेस्रो साता लन्च गरेर नेपाली बजारमा बिक्री वितरणमा ल्याउने डिएच्सी नेपालका मार्केटिङ डाईरेक्टर जिवन नेपालले जानकारी गराएका छन् ।
सबैभन्दा धेरै बिक्री हुने डिएच्सी लिप क्रीम जापानमा १२० मिलियनभन्दा बढी बिक्रीको साथ, पुरस्कार–विजेता लिप बाम रहेको बताईएको छ । उत्पादनलाई जापानको सबैभन्दा सम्मानित कस्मेटिक्स पुरस्कार द बेस्ट कस्मेटिक्स अवार्ड्सद्वारा २००८ मा हल अफ फेम सूचीमा प्रदान गरेको बताइएको छ ।
डिएच्सीका अनुसार डिप क्लिन्जिङ ओइल जापानमा सबैभन्दा बढी बिक्री हुने फेसियल क्लिन्जर रहेको जसले धेरै सौन्दर्य पुरस्कारहरू जितेको छ । संसारभरि सबैभन्दा लोकप्रिय जापानी सौन्दर्य उत्पादनहरूमध्ये एक रहेको जनाएको छ । सन् १९९५ डिसेम्बरदेखि सन् २०१८को अक्टोबरको अन्ततिरसम्ममा ७७ मिलियन भन्दा बढी बोतलहरू बेचेको छ कम्पनिको दाबी छ ।